काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ ग्रहणका बेला बोलेको शब्दावलीको विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको छ ।

आइतवार प्रधानमन्त्री ओलीलाई पुनः सपथ गराउन माग गर्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ गते शुक्रवार प्रधानमन्त्रीले लिएको सपथ त्रुटिपूर्ण रहेको भन्दै रिट दायर गरेका छन् ।

शुक्रवार सपथ ग्रहणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दमा ओलीले ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न अस्वीकार गरेका थिए । आइतवार रिट निवेदन दर्ता गर्दै निवेदकहरुले संविधानको धारा-८० अनुसार सपथ बदर गरेर पुनः सपथ गराउन माग गरेका छन् ।

तर अदालत प्रशासनले भने सो रिट दर्ता नगरिसकेको स्रोतले जनाएको छ ।

२०७८ जेष्ठ २, आईतवार १९:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय