काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षबीच भएको नयाँ सहमतिको मसी सुक्न नपाउँदै सहमति भाँडिएको छ ।

दुई खेमामा विभाजित जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपन्द्र यादवबीच तत्काल सरकारमा नजाने तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको थियो ।

तर, उक्त सहमतिको मसी सुक्न नपाउँदै जसपामा विवाद चुलिएको छ । अध्यक्ष ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाएसँगै त्यसको विरुद्धमा यादवले अर्को पत्र पठाएका छन् । उनले पठाएको काउन्टर पत्रमा हालसम्म जसपामा दलको नेता कोही पनि चयन नभएको उल्लेख छ ।

कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएको समेत यादवले सचिवालयलाई जानकारी गराएका छन् । यादवले दलको नेता चयन भनेर सञ्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएको भए त्यसलाई वैधानिकता नदिन भनेका छन् ।

हेर्नुहोस् पत्र

jasapa-upendra-patra

२०७८ जेष्ठ ४, मंगलवार १७:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय