पर्सा : भन्सार छली गरेर ल्याएका लत्ताकपडासहित प्रहरीले पर्साको वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका –१६ नगवाका राजकुमार प्रसाद छन् ।

ना२ह ४१६३ नम्बरको अटो गाडीमा भारतबाट भन्सार छलेर ल्याइएको १ लाख भन्दा बढीको लत्ताकपडासहित अटोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालाका अनुसार करिव १ लाख बराबरको सर्ट, पाइन्टको कपडा, साडी, लेहंगालगाएत लत्ताकपडा र ४ लखा मुल्य बराबरको अटो गाडीसहित पक्राउ परेका व्यक्तिलाई भन्सार कार्यालयमा बुझाइएको छ ।

२०७८ जेष्ठ ६, बिहीबार ११:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय