वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाको उपमेयर शान्ति कार्की कोरोना सङ्क्रमण मुक्त भएकी छन् ।

९१ वर्षीय उपमेयर कार्की १४ दिन पछि कोरोना सङ्क्रमणलाई जितेर आज डिस्चार्ज भएकी छन् । बैशाख २२ गते कोरोना सङ्क्रमण पुष्टि भएर २४ गते गोपाल मण्डली अस्थायी कोभिड अस्पतालमा भर्ना भएकी कार्की आज डिस्चार्ज भएकी छन् ।

कार्कीका स्वकीय सचिव विजय पौडेल अनुसार उनको जेठ ३ गते दोस्रो पटक स्वाब परिक्षण गराउँदा ५ गते रिपोर्ट नेगेटिभ आएको हो ।

कार्कीलाई वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले गोपाल मण्डलीस्थित कोभिड अस्थायी अस्पतालमाबाट आफै पुगेर डिस्चार्ज गराएका छन् ।

बैशाख १७ गते स्वास्थ्य बिग्रेर श्वासप्रश्वासमा समस्या आएपछि उनलाई सुरुमा चिकित्सकको सल्लहा अनुसार घरमै अक्सिजन सपोर्टमा राखिएको थियो । तर, स्वास्थ्यमा सुधार आएपछि १९ गतेबाट अक्सिजन सपोर्ट हटाइएको पौडेलले बताए ।

कोरोना पुष्टि भएपछि उनलाई श्रीपुरस्थित विजय ज्योति होटलमा आइसोलेट गरियो तर पछि महानगरपालिकाले गोपाल मण्डलीमा आफ्नै कोभिड अस्थायी अस्पताल सुरु गरेपछि उनि २४ गते त्यहाँ भएकी थिइन ।

९१ वर्षीय उनले उच्च आत्मबल र चिकित्सकको सल्लाहा माने सहजै कोरोनालाई परास्त गर्न सकिने बताईन । कार्कीले सबैलाई सरकारले निर्देशित गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्नुपर्ने सुझाव दिएकी छन् । उनले निषेधाज्ञाको पूर्ण रुपले पालन गर्दै सरकारलाई कोरोना नियन्त्रणमा सहयोग गर्न पनि आग्रह गरेकी छन् ।

२०७८ जेष्ठ ६, बिहीबार १४:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय