सर्लाही : सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रको सहजिकरणमा सेभ द चिल्ड्रेनले मलगंवा अस्पताल, सर्लाहीलाई बिभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामाग्रीहरुमा मलगंवा अस्पताललाई सेभ द चिल्ड्रेनले १ इन्फ्रारेड थरमोमिटर, १७० थान पिपिइ सेट, १० स्प्रे कन्टेनर, १० हेन्ड स्यानिटाइजर, ५ जोडि गम बुट, ४०० जोडि सर्जिकल ग्लोब, ५० फेस शिल्ड, २००० सर्जिकल माक्स, ५ मोप हेन्डल, ५ जोडि युटिलिटि ग्लोब, र ३५ डिस्इन्फेक्टेन्ट जार वितरण गरेको राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका परियोजना संयोजक दिलीप यादबले बताए ।

संयोजक दिलीप यादबले गौडेता नगरपालिकामा पनि सेभ द चिल्ड्रेनले १० हेन्ड स्यानिटाइजर, १३० थान पिपिइ सेट, १ इन्फ्रारेड थरमोमिटर, २०० जोडि सर्जिकल ग्लोब, र ६२५ भि.टि.एम किट वितरण गरेको जानकारी गराए ।

२०७८ जेष्ठ ७, शुक्रबार ०८:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय