जनकपुरधाम : कोरोना भाईरस समुदाय स्त्तरमै फैलिएपछि धनुषाको दुई वटा गाउँ शिल गरिएको छ । मिथिला नगरपालिका ११ दुधपानी लोटा टोल र गणेशमान चारनाथ नगरपालिका ५ को चिसापानी शिल गरिएको हो ।

एक सत्ता पहिले मिथिला नगरपालिकाले दुधपानी लोटा टोलस्थित विवाह भोजमा सहभागि भएका ५४ जनाको स्वाव संकलन गराएका थिए । विवाह भोजमा सहभागि भएका ४६ जनामा कोरोना संक्रमण देखिएको कारण बुधबारदेखि शिल गरेको छ । यस्तै, गणेशमानको चिसापानी गाउँमा पनि एकै पटक ३५ जनामा कोरोना फेला परेको थियो । कोरोना भाईरस थप फैलिन नदिन शुक्रबारदेखि गाउँ शिल गरिएको गणेशमान चारनाथ नगरपालिकाका स्वास्थ्य इन्चार्ज श्यामजी रायले बताए् ।

रुघाखोकी, ज्वरोलगायत कोरोना संक्रमणको लक्षणसँग मिल्दो जुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले स्वास संकलन गरि कोरोना परिक्षण गरेको थियो । त्यसमध्ये मध्ये ३५ जनामा कोरोना पोजेटिभ देखापरेपछि अयन्त्र फैलिन नदिन गाउँलाई शिल गरिएको स्वास्थ्य निरीक्षक रामजी रायले जानकारी दिए ।

रायकाअनुसार अहिलेसम्म नगरपालिकामा २ सय ३७ जनाको स्वास संकलन गरि परिक्षण गराउँदा ९५ जनामा कोरोना पोजेटिभ भेटिएको छ । त्यसमध्ये ६१ जना पुरुष र ३४ जना महिला छन् । यसैगरी प्रादेशिक कोभिड अस्पताल जनकपुर गएर जाँच गराएका मध्ये २१ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये तीनजनाको नगरपालिकाले पोर्ताहामा अक्सिजनलगायत सम्पूणर् सुविधासहित सञ्चालन गरेको आइसोलेन केन्द्राम उपचार भइरहेको छ भने सामान्य अवस्थाका अन्य बिरामीलाई होम आइसोलेनमा रहेका छन् ।

२०७८ जेष्ठ ९, आईतवार ०६:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय