काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले नागरिकता सम्बन्धी अध्यादेशको स्वागत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आइतवार दिउँसो अध्यादेश जारी गरेलगत्तै जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्नै पहलमा जारी भएको अध्यादेशको स्वागत गरेका हुन् । उनले विज्ञप्ति जारी गर्दै नागरिकताबाट वञ्चित लाखौँ नागरिकले अब नागरिकता पाउने भन्दै खुसी प्रकट गरेका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘लाखौँ-लाखको संख्यामा रहेका नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान जसलाई अध्यावधि नेपाली नागरिकताबाट बन्चित राखिएको थियो, वर्षों प्रतिक्षा पछि, जसपाको निरन्तर संघर्ष र प्रयासपछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको छ ।’

 

२०७८ जेष्ठ ९, आईतवार २०:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय