
काठमाडाैं : कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड ऋण लिने भएको छ ।
यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड–१९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
यसैगरी एशियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताए ।
नागरिक दैनिकमा खबर छ ।