वीरगञ्ज : निरन्तरको दवाव र चौतर्फी आलोचनापछि वीरगञ्जको प्रभु हस्पिटलका सञ्चालक डा. मनोज कुमार गुप्ता र डा. लक्ष्मी थापा गुप्ताले बढी शूल्क लिई ठगी गरेको स्विकार गदै बाँकी पैँसा फिर्ता दिने भएका छन् ।

कोरोना भाइरसको महामारीमा मौकाको फाइदा उठाउँदै दर्जनौ बिरामीहरुसँग मनोमानी शूल्क लिएको भन्दै चौतर्फी आलोचित बनेको प्रभु हस्पिटलले बढी शूल्क लिई ठगी गरेको रकम फिर्ता दिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे लगायतको उपस्थितीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा अस्पतालका सञ्चालक डा. मनोज कुमार गुप्ताले बिरामीसँग बढी रकम असुल गरेको स्विकार गर्दै उक्त गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् ।

साथै उनले बढी शूल्क लिएका बिरामीको बाँकी रकम फिर्ता गर्ने बताएका छन् । डिसिसिएमसीले प्रभु हस्पिटललाई फेरी यस्तै घटना दोहोरिए कारवाही गर्न चेतावनी दिएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगीले बताए ।

नेपाल सरकारले तोकेको शूल्कभन्दा बढी नलिन सजग पनि गराएको नगरप्रमुख सरावगीको भनाई छ । त्यसैगरी प्रभु हस्पिटलमा उपचार गराएर बढी शूल्क लिएकाहरुले सम्पर्क गरेर रकम फिर्ता लैजान पनि मेयर सरावगीले बताए ।

२०७८ जेष्ठ १२, बुधबार १५:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय