काठमाडौँ : ‘यास’ चक्रवातले भारतका पूर्वी राज्यहरु धेरै प्रभावित भएका छन् । बङ्गालको खाडीबाट आएको शक्तिशाली यास चक्रवातले कम्तीमा चार जनाको ज्यान गएको र कैयौँ घरबारविहीन भएको भारतीय सञ्चार माध्यमरूले जनाएका छन्

भारतको पश्चिम बङ्गाल र ओडिशा राज्य तथा दक्षिणी बाङ्ग्लादेशमा चक्रवातले निकै प्रभाव पारेको छ । भारतका आन्ध्र प्रदेश, झारखण्ड तथा तमिलनाडु राज्यका तटीय क्षेत्रहरूमा पनि चक्रवातले प्रभाव पर्ने आकलन गरिएको छ । चक्रवात जमिनमा बज्रिनु अगावै तटीय क्षेत्रका दश लाखभन्दा धेरै मानिसलाई सुरक्षित क्षेत्रतर्फ स्थान्तरण गरिए पनि जनधनको क्षति रोकिएन ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले दुई जनाको मृत्यु भएको तथा ३ लाख घरमा क्षति पुगेको बताएकी छन् । दिगा नगरमा चार मिटर अग्ला छालहरूका कारण डुबान भएको उनले जनाएकी छन् ।

ओडिशा राज्यमा रूख ढल्दा दुई जनाको ज्यान गएको जनाइएको छ । कोभिड-१९ को सुरक्षा मापदण्डबमोजिम करिब १२ सय आश्रयस्थल बनाइएका छन् । बाङ्ग्लादेशमा १५ हजार मानिस अस्थायी आश्रयस्थल गएका छन् । त्यहाँ एकजना रूखले किचेर मृत्यु भएको एएफपीले जनाएको छ ।

चक्रवातपछि ओडिशाको भुवनेश्वर र पश्चिम बङ्गालको कोलकता विमानस्थलहरूले सबै उडान बन्द गरेका छन् । तस्वीर : रोयटर्स

२०७८ जेष्ठ १३, बिहीबार ११:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय