
काठमाडौँ : नेपालमा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १०६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।