महोत्तरी : महोत्तरीमा पटकपटक पत्रकारमाथि दुर्व्यवहार भएको पाइएको छ ।

एपिवान टेलिभिजनका महोत्तरी संवाददाता नविन चौधरीको संचार समाग्री नियन्त्रणमा लिएर सशस्त्र प्रहरीका भूतपूर्व घुमुवा संजीव कुमार रायले फुटेज डिटिल गरेर दुव्र्यहार गरेका छन् । जलेश्वर नगरपालिका– ५ स्थित पतैलीमा गुणस्तरहिन सडक ढलान गरेको भिडियो खिचेको पत्रकार चौधरीको उपभोक्त समितिका अध्यक्ष समेत रहेका रायले मोवाईल खोसेर समाग्री डिलिट गरेका हुन् ।

सुनयना देवीको घरदेखि विनोद मण्डलको घरसम्म बुधबार राति सडक ढलान गरिएको थियो । बिहीबार बिहानै सडक भत्किएपछि पत्रकार चौधरीले त्यो सडकको भिडियो र फोटो खिचेका थिए । किन सडकको भिडियो र फोटो खिचेको ? तुरुन्त डिलिट गर भन्दै रायले पत्रकार चौधरीलाई धाकधम्की र गाली गलौज गरी मोबाईल खोसेर संचारसमाग्रीे डिलिट गरिदिएका थिए ।

पत्रकार चौधरीमाथि उपभोक्त समितिका अध्यक्ष रायले संचार समाग्री नियन्त्रणमा लिएर फोटो र भिडियो डिलिट गरिदिएको घटनाको नेपाल पत्रकार महासंघ महोत्तरी शाखा घोर निन्दा र भत्सर्ना गरेको छ ।

महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले प्रेस विज्ञप्ती जारी गर्दै समाचारका विषयमा असहमति भए त्यसको कानुनी उपचारको बाटो हुँदा हुदै रायले मोवाइल थुतेर फोटो र भिडियो डिलिट गरि पत्रकारमाथि हातपात गरेको घटना महासंघलाई किमार्थ स्वीकार्य नरहेको उल्लेख छ ।
घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन पत्रकार महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन् । रायबाट गरिएको हातपात र फोटो डिलिटको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममाथि ठाडो प्रहार भएको प्रेस व्यक्तिमा उल्लेख छ ।

रायको अनुदार कार्यशैली पत्रकारलाई स्वतन्त्रापूर्वक बाच्न र लेख्न देउ भन्ने विश्वव्यापी मान्यताको विपरित रहेको पत्रकार महासंघको ठहर छ ।

रायले गरेको ज्यादतीको तिव्र निन्दा गर्दै घटनामा संलग्न उनलाई तुरुन्त पक्राउ गरी आवश्यक कानूनी कारबाहीको दायिरामा ल्याई पत्रकार र पत्रकारिताको सुरक्षाको प्रत्याभूति गराउन प्रशासनसँग नेपाल पत्रकार महासंघ महोत्तरी शाखा जोडजाड माग समेत गरेको छ ।

२०७८ जेष्ठ १३, बिहीबार १९:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय