barsha-rain-mausam-WEATHER

जनकपुरधाम : हाल नेपालको मौसममा चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

प्रदेश १ को तराई भूभागमा र प्रदेश २ को थोरै स्थानमा पनि मेघ गर्जनसहित हल्का वर्षा भई रहेको छ ।

महशाखाले आइतबार दिनभर देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको जनाएको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।प्रदेश १ र प्रदेश २ का एक दुई स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ जेष्ठ १६, आईतवार ०७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय