महोत्तरी : महोत्तरीमा इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकै घरका दुई जना बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर रामगोपालपुर नगरपालिका–९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घरबाट झन्डै एक किलोमिटर टाढा रहेको इँटा उद्योगले खनेको खाल्डोमा पानी जमेको थियो ।

खेल्न गएका दुबै बालकको शनिबार अपराह्न डुबेर मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । File photo

२०७८ जेष्ठ १७, सोमबार ११:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय