janakpur-weather-duban-barsha-rain-nepalvani-surendra-singh

काठमाडौँ : मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा वर्षा भएको छ ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका अधिकांश स्थानमा बदली भएको छ ।

सोही प्रभावले प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती पदेशमा आज दिउँसो र राति पनि मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ १८ गते मंगलबार

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशभर केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

राति : प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली र वाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकी प्रदेशमा एक दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का सम्भावना रहेको छ ।

२०७८ जेठ १९ गते बुधबार

दिउँसो : प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र वाँकी स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ २० गते बिहीबार

दिउँसो: प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १ का केही स्थानहरु र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति: प्रदेश १ मा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । file photo

२०७८ जेष्ठ १८, मंगलवार ०८:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय