
सिरहा : मिर्चैयामा एकजना पुरुषमाथि गोली प्रहार भएको छ ।
मिर्चैया नगरपालिका ५ स्थित स्थानीय रामसागर साफीमाथि गोली प्रहार भएको हो ।
शनिबार साँझ पौने ८ बजेतिर अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ ।
अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली उनको हातमा लागेको र एक गोली तिघ्रामा लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जनाए ।
घाईते साफीको मिर्चैयामा उपचार भइरहेको छ ।
गोली चलाउने समूहको खोजीकार्य भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।