रोहित मण्डल 

लहान : सिराहाको धनगढीमाई नगरपालिकाले चुरे क्षेत्रमा अप्रत्याशित रुपमा उत्खनन कार्य शुरु गरेको छ । मापदण्डको धज्जी उडाउदै गिट्टी, बालुवा पैठारीले गर्दा आउने दिन भयावह रुप लिने अवस्था रहेको छ ।

लोकमार्ग भन्दा उत्तरी भेगमा रहेको चुरे क्षेत्रलाई विनास गर्नेगरी शुरु गरिएको उत्खनन प्रति स्थानीयले ब्यापक रुपमा बिरोध जनाएका छन । वडा १३ स्थित सररे खोलामा उत्खननका लागी जेसिबी र दर्जनौ टिपरहरु खटाईएका छन । सररे खोलामा यसरी शुरु गरिएको उत्खननले वरिपरिको गाउँहरु बाढीको उच्च जोखिममा भएको स्थानीय समाजसेवी महेश अधिकारी बताउँछन् । उनको अनुसार, यहि गतिले चुरे दोहन भईराखे उक्त क्षेत्र केहि दिनमै मरुभूमिमा परिणत हुने स्थानीयवासीलाई पिरोलिएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका १३ असारीको सर्रे खोलामा ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् हुँदा बस्ती नै उजाड हुने जोखिम बढेको छ । चुरे दोहन विरुद्ध देशव्यापी रुपमा आन्दोलन चलिरहेको बेला माओवादीबाट निर्वाचित मेयर हरिनारायण चौधरीले बस्तीलाई नै जोखिम हुने गरी रोशन कन्ट्रक्शन जनकपुरलाई उत्खनन् गर्न स्वीकृती दिएको छ ।

जेठ ११ गते दिएको स्वीकृती बमोजिम १५ हजार घन मिटर सर्रे खोलाबाट ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गर्न सो कन्ट्रक्शनलाई जिम्मा दिएको हो । रु.१४० घन मिटरको दरमा धनगढीमाई नगरपालिकाले स्वीकृती दिएको हो । जहाँ एक घन मिटरको विक्री दर रु १२ सय रहेको छ । जेठ २१ गतेसम्म सो कन्ट्रक्शनले ३ हजार घन मिटर ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गरिसकेको छ ।

रोशन कन्ट्रक्शनले ढुँगा, गिट्टी तथा वालुवा निकासी गर्न त्यसक्षेत्रको सामुदायिक वन फडानी गरी नयाँ बाटो बनाएको छ । तर यस प्रति जिल्ला वन कार्यालय लहान सिरहा अनभिज्ञ रहेका छन । सर्रे खोलाबाट यसरी ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गर्दा खोला डाईभर्ट भएर धनगढीमाईको वडा नम्बर १२, ११, ३, २ लगायतको गाउँवस्ती पूणर्रुपमा डुबान पर्ने समाजसेवी शिवशंकर महतो बताए । महतोले भने – ‘यस्तो अवस्था रहियो भने मधेश मरुभूमी बन्ने निश्चित छ ।’ ‘यो ढुँगा, गिट्टी तथा वालुवा आफ्नो गाउँठाउँको विकासमा प्रयोग भए हुन्थ्यो । तर धनगढीमाई भन्दा बाहिर लगेर यत्रो ठुलो खाल्टो बनाएको छ ।’‘ यो मेयरले आर्थिक चलखेल गरेर गाउँबस्तीलाई क्षति पुर्याउँने काम गरिरहेको छ ।’ ‘यसको प्रतिकारमा हामी आन्दोलित छौं ।’ अवैद्य ढंगबाट ढुँगा, गिट्टी तथा वालुवा निकासी गर्ने कार्य रोक्न स्थानीयवासी आन्दोलित भएका छन् ।

चुरे दोहन रोक्न हामी आन्दोलनमा छौं ।मेयर चौधरी पनि माओवादीबाट आएका हुन । माओवादी पनि ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् रोक्न आन्दोलनमा रहेको बेला यो मेयरले आर्थिकलाभमा ब्यापार चलाउँदै आएको अर्का समाजसेवी महेश अधिकारीले बताए ।
समाजसेवी अधिकारीले ‘हेवी जेसिबी प्रयोग गरेर उत्खनन् गरिरहेको छ ।’ ‘मेयर चौधरीलाई जनता मार्ने काम नगर्न पटक पटक अनुरोध गरे । तर मेयर चौधरी ‘विकास र मानव संसाधनप्रति कुनै सकारात्मक सोच नरहेकोले हामी जोखिममा परेको’ समाजसेवी अधिकारीको भनाई छ ।

मेयर हरिनारायण चौधरीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (वातावरण तथा विपद् व्यवस्थापन शाखा) बाट बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम उत्खनन् गर्न दिएको हो । चुरे दोहनविरुद्ध आन्दोलन जेठ १५ गतेदेखि भएको हो । म त्यो भन्दा पहिले जेठ १० गते नै निणर्य गराएर स्वीकृती दिइसकेको हुँ । आन्दोलनसँग मलाई के मतलब ? मेयर चौधरी बताउँछन् ।

२०७८ जेष्ठ २५, मंगलवार ०९:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय