काठमाडौँ : भारी वर्षापछि भारतको मुम्बइस्थित मलाड वेस्टको मालवानी क्षेत्रमा रहेको एउटा चार तल्ले भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । अन्य कयौँ बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बुधवार राति साढे ११ बजेतिर भवन भत्किदा घाइते भएका ८ जनाको स्थानीय बीडीबीए नगर जनरल हस्पिटलमा उपचार भइरहेको छ । घरको भग्नावशेषमा फसेका १५ जनाको उद्धार गरिएको छ ।

भारी वर्षाकै कारण मुम्वइका सडक तथा रेलमार्ग पनि बन्द भएको छ । अझै चार दिन भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ भारतीय मौसम विभागले आह्वान गरेको छ । तस्वीर : एएनआई

२०७८ जेष्ठ २७, बिहीबार ०६:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय