जनकपुरधाम : प्रदेश २ मा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

प्रदेश प्रमुख डा राजेश आहिराज झाले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान भए पनि आन्तरिक राजनीतिक खिचातानीले आज नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ ।

नीति तथा कार्यक्रममा महन्थ ठाकुर निकट सांसदहरुको पनि उपस्थिति छ । यसअघि ठाकुर निकट चार मन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेपछि बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । तर आज बसेको बैठकले सहभागी हुने निर्णय गरेको थियो ।


२०७८ जेष्ठ २७, बिहीबार १७:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु