
जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकास्थित लक्ष्मीपुरमा पोखरीमा डुबेर मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले राहत दिने घोषणा गरेको छ ।
शुक्रवार नुहाउने क्रममा मृत्यु भएका पाँचैजना बालिकाको परिवारलाई १/१ लाख रुपैँया दिने प्रदेश सरकारले घोषणा गरेको हो ।
प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रामसरोज यादवले मृतकको परिवारलाई अस्पतालमै गएर भेटघाट गर्ने क्रममा उक्त घोषणा गरेका हुन् । बालिकाहरुको मृत्यु एको घटनास्थल उनकै निर्वाचन क्षेत्रमा पर्छ ।
शुक्रवार दिउँसो करिब १२ बजे बाख्रा चराउन गएकी बालिकाहरुले एकैसाथ पोखरीमा नुहाउन हाम फालेकी थिइन् ।
तर नयाँ पोखरी रहेकाले गहिरो खाल्डोमा हाम फाल्दा उनीहरुको खुटा त्यसमै फसेर मृत्यु हुनसक्ने प्रहरीको भनाई छ ।
पोखरीमा डुबेर डुबेर १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीय चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चान्दनी ठाकुर, १२ वर्षीया ललीता साह तेली रहेकी थिइन ।
पाचै जनाको शव अहिले पोष्टमार्टमका लागि जनकपुरधास्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।