काठमाडौं : पूर्वमाओवादी नेतृ ज्वालाकुमारी साह तत्कालीन नेकपा छुट्टिएपछि एमालेमा लागेकी हुन् । उनी २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बारा ३ (क) बाट प्रदेश २ को प्रदेशसभामा निर्वाचित भएकी हुन् ।

माओवादी छाडेर एमालेमा लागेपछि उनको प्रदेसभा सदस्य पद गयो । तर, उनले संघीय सरकारको मन्त्री बन्ने मौका पाएकी छिन् ।

सरलता र सहज व्यवहार रहेकी साह तराईका चेलीबेटीहरु घुम्टोभित्रै रहँदै गर्दा उनी समाज परिवर्तनको लागि घुम्टो खोलेर अगाडि बढेकी थिइन् । बाराको जितपुर सिमरा वडा न. १६ की साह स्कुल पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लागेकी थिइन् ।

गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्वाला साहलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री नियुक्त गरे ।

उनी २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन् । त्यस्तै, यसअघि २०६६ मा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री बनेकी थिइन् ।

२०७४ को निर्वाचनमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनलाई दुई महिनाअघि नेकपा (माओवादी केन्द्र)ले प्रदेश २ सभा सदस्यबाट हटाएको थियो । नेकपा एकीकरण बदर भएसँगै उनी माओवादीलाई छोडेर नेकपा (एमाले)मा प्रवेश गरेकी थिइन् ।

jwala-kumari-sah-mantri-1-nepalvani2

२०७८ जेष्ठ ३१, सोमबार १०:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय