जनकपुरधाम : कोरोना संक्रमणका कारण धनुषामा थप एक साता निषेधाज्ञा थप्ने निर्णय भएको छ । सोमबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको पछिल्लो अवस्थबारे समिक्षा गर्दै समितिले निषेधाज्ञा पाँचौ पटक थप गरेको छ । यसअघि जेठ १७ गते एक साता निषेधाज्ञाको म्याद थप गरिएको थियो ।

समितिको बैठकले बिहान ११ बजे सम्म पसल्हरु खोल्न पाइने निर्णय पनि गरेको छ । अतिआवश्यक प्रयोजनका पसलहरु ११ बजेसम्म खोल्न सक्ने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिए ।

त्यस्तै बैंक तथा बित्तीय संस्थाहरुमा भने ५० प्रतशित कर्मचारी उपस्थित भई सेवा सुचारु गर्न सक्ने निर्णयसमेत बैठकबाट भएको छ ।

२०७८ जेष्ठ ३१, सोमबार १९:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय