महोत्तरी : महोत्तरीको औरही नगरपालिका -४ मा रहेको कठुधार अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामविश्वास साहले घुसलिईरहेको समयमा  फेला परेका छन् ।

सोमबार सम्सीबाट बर्दिवासतर्फ जादै गरेको आराध्या ब्रदर्श बर्दिवासको मार्बल बोकेको ओभरलोड भएको भारतीय नम्बरप्लेटको ट्रक आरजे ०५ जिवि ५९९७ चेकचाजको क्रममा साहले पच्चास रुपैया लिदै गरेको अवस्थामा न्यूज 24 र रेडियो रुपान्तरणका टिमले रंगेहात फेला पारेका छन् ।

पक्राउमा परेका साहलाई लिएको रकमको बारेमा सोधपुछ गर्दा पत्रकार न्यूज ट्वान्टिफोरका पत्रकार ललन मण्डललाई धक्का दिई लसारपसार गरि क्यामरा समेत खोस्न प्रयास गरि पैसा फालेर प्रहरी चौकी भित्र भागेको थिए ।

पैसा दिने मोटरसाईकल चालक प्रदेश नम्बर २ ०२००१ प. सवारले आफुले भन्सार कटाएर ल्याए पनि खाजा वापत खर्च दिनु भन्दा आफुले पच्चास रुपैया दिएको उनले पत्रकारहरु गुुनासो सुुनाए ।

पैसा दिने मोटरसाईकल सवार गाडीको साँचो र मोटरसाइकल प्रहरी चौकीमा जिम्मा लगाई कानुन अनुसारको कार्वाही गरेर मात्र छाड्ने प्रहरी सहायक निरीक्षकले प्रतिवद्धता जनाए ।

patrakar-lalan-mandal-nepalvani1

महोत्तरीमा बेलाबखतमा प्रहरीलाई जनताको सेवक मानिने प्रहरीले पटक पटक घर प्रयोजनकालागी भारतबाट आउने मोटरसाईल, अटो र अन्य सवारसँग पैसा लिदै आएको रहस्य खुल्नमा आएको छ । स्थानीयहरु प्रहरीको डरले क्यामराको अगाडी बोल्न नचाहे पनि प्रत्तिक्रिया लिने क्रममा स्थानीयले बताएकाछन् ।

महोत्तरीमा अधिकांश प्रहरी चौकीहरुले तस्करसँग सेटिङ्ग गरेर अवैध सरसमानको तस्कर समेत गरेकाछन् । महिनाको लाखौ रुपैया दिने शर्तमा मात्र तस्करलाई मालसमान ल्याउन प्रहरीले अनुमति दिने काम समेत गरेका स्थानीले बताए ।

२०७८ असार १, मंगलवार ०९:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय