काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी सातादेखि खुकुलो हुने भएको छ।

बुधबार राती सम्पन्न कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)को बैठकले अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको हो।

जारी लकडाउन कायम राख्दै अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ ।

यस्तै, प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा राति बसेको बैठकले टर्की, कतार, साउदी अरेबिया, यूएई ,जापान र मलेसियाजस्ता देशमा हवाई उडान पुनः संचालन गर्ने निर्णय समेत गरेको छ।

बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिने निर्णय समेत गरेको छ।


२०७८ असार ३, बिहीबार १२:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु