
काठमाडौं : पछिल्लो २४ घण्टामा तीन हजार ६६० जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ११ हजार ६९६ जनामा परीक्षण गर्दा २४ सय १ मा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या आठ हजार ६७५ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित रहेका छन् । काठमाडौं जिल्लामा मात्र ६ हजार ३८ जना सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा २१ सय ७८ र ललितपुरमा २८ सय ५६ जना सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौंमा १८ सय ११, भक्तपुरमा ३५४ र ललितपुरमा ५२९ गरेर अहिलेसम्म उपत्यकामा कोरोनाले २६ सय ९४ जनाको मृत्यु भएको छ ।