महोत्तरी : महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमर पुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् ।

स्थानीयवासी मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ ।

जिल्लाकै पिपरा गाउँपालिका–६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरेको आरोप लगाएका छन् । जितेन्द्रले बहिनीका देवर रुपेशले आफूलाई फोनमा बहिनीलाई मारेको स्वीकार गरेको र मारेर उनलाई भ्रमरपुरा गाउँको मनरहिया वनमा खाल्डो खनी गाडेको आरोप लगाउनुभयो ।

प्रहरी उपरीक्षक दिनेश आचार्यले महिला हराएको जानकारी शुक्रबार मात्रै पाएको बताउनुभयो । उहाँले महिला हराएको जानकारी पाउनासाथ अनौपचारिक रूपमा खोजतलासको प्रक्रिया अगाडि बढाइएको र केही मानिसलाई ल्याएर सोधपुछ पनि गरेको जानकारी दिनुभयो ।

२०७८ असार ६, आईतवार ०७:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय