चितवन : भरतपुरका एक दम्पती अठार दिनदेखिको कोभिडसँगको लडाईमा पराजित भएका छन् । कोभिड संक्रमणका कारण एकदिनको फरकमा श्रीमानश्रीमतीको निधन भएको हो ।

भरतपुर महानगरपालिका ३ बस्ने ७१ वर्षका भैरव कायस्थको असार पाँचगते बिहान पाँच बजे र उनकी श्रीमती कांग्रेस नेतृ विजया रेग्मी कायस्थको असार ६ गते बिहान चार बजे निधन भएको हो ।

४५ वर्षीया विजया नेपाल तरुण दलकी जिल्ला सदस्य हुन् । उनीहरु कोभिड संक्रमण भएपछि सुरुमा भरतपुरकै पुष्पाञ्जली अस्पतालमा गएका थिए । त्यहाँ चारदिन रहँदा अवस्था गम्भीर भएपछि चितवन मेडिकल कलेजमा भर्ना भएका थिए।

कोभिडका कारण उनीहरुको फोक्सोमा गम्भीर समस्या देखिएको चितवन मेडिकल कलेजले जनाएको छ । कोभिड संक्रमण भएपछि अठार दिनदेखि मेडिकल कलेजको कोभिड आइसीयुमा थिए ।

मेडिकल कलेजका अप्रेसन म्यानेजर पारस अधिकारीले मेडिकल कलेज ल्याउँदा अक्सिजनको मात्रा निकै कम भएको बताए । फोक्सोमा निमोनिया भएपछि निधन भएको उनले बताए । अन्नपुर्णपोष्टबाट

२०७८ असार ६, आईतवार १३:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय