money-nepalvani

महोत्तरी : स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जनालाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मटिहानी–जनकपुर सडक खण्डअन्तर्गत आज दिउँसो एक युवकलाई रकमसहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ बस्ने ३८ वर्षीय संजयकुमार साह रहेका एसपी दिनेशकुमार आचार्यले बताए। साह जनकपुरमा धनलक्ष्मी ज्वेलर्स नामक सुनचाँदीे पसल सञ्चालन गर्दै आएका छन्।

टिभीएस कम्पनीको अनटेस्ट मोटरसाइकमा चढेर मटिहानीबाट जनकपुर जाँदै गरेका साहलाई मटिहानी नगरपालिका–९ स्थित विग्ही नदीको पुलमाथि प्रहरी चौकी मटिहानीका इन्चार्ज सई सुमन सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३९ लाख ८० हजार बरामद भएको हो।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको एसपी आचार्यले बताए। साहलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाए।

२०७८ असार ८, मंगलवार १६:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय