बारा : पाँच दिनअघि भएको युवकको हत्या अभियोगमा प्रहरीले पुजारीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फेटा गाउँपालिका– ३ फुलवरिया का ३५ वर्षीय पारस महतो धानुक र विश्रामपुर गाउँपालिका–२ बरैनियास्थित हनुमान मन्दिरका पुजारी ७२ वर्षीय दास बाबा भनिने वीरबहादुर यादव छन् ।

बाराको विश्रामपुर–२ बरैनियामा गत बिहीबार युवकको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुलाई मंगलबार सार्वजजिक गर्दै प्रहरी । तस्बिर : जिल्ला प्रहरी कार्यालय बारा
विश्रामपुर गाउँपालिका–२ भरवलिया टोलका भादो भन्ने २५ वर्षीय वीरेन्द्र बैठालाई टाउकोमा फलामको चिम्टा र भट्टाले प्रहार गरी उनीहरुले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले बताए ।

बैठाले मन्दिरबाट गाँजा र पैसा चोरेको भन्दै पुजारीले पारसको सहयोगमा कुटपिट गरी हत्या गरेर मन्दिर नजिकैको सडक पेटीमा फालेको प्रहरीले दाबी गरेको छ । ‘गाँजा र पैसा चोरेको भन्दै साधुले सुरुमा फलामको चिम्टाले युवकको टाउकोमा हानेर घाइते बनाएपछि मन्दिरमा सुत्दै आएका पारसबाट साधुले सहयोग मागेर बाँसको भट्टाले कुट्दै मारे,’ प्रहरी नायब उपरीक्षक मिश्रले भने, ‘गत बिहीबार बिहान भएको घटनाबारे तत्कालै कुकुरको मद्दतले अनुसन्धानको टुंगोमा पुग्यौं ।’

अभियुक्त दुवैले हत्या आफूहरुले नै हत्या गरेको प्रहरीमा साबिती बयान दिएको प्रहरीले जनाएको छ ।

२०७८ असार ९, बुधबार ०७:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय