
सिरहा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका– १० प्रयागपुरमा गुडिरहेको टिपरमा अचानक आगलागी भएको छ ।
टिपरमा लागेको आगो समयमै निभाउन नसक्दा टिपर जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार इँटा बोकेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ५५५१ नम्बरको टिपरमा अचानक आगलागी भएको हो ।
टिपरमा आगो लागेपछि चालकले हामफालेर ज्यान जोगाएका छन् ।
घटनाको विषयबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।