टोकियो : जापानमा फेरी एकजना नेपाली युवाको मृत्यु भएको छ । बाग्लुङ ताराखोला-३ का ३१ बर्षिया राजन बुढाथोकी टोकियो सिन्जुकु स्थित एक होटलको कोठामा बुधवार मृत अवस्थामा फेला परेका हुन l

जापान प्रहरीले उनको मृत्यु आत्महत्याका कारण भएको बताएको छ । दक्ष कामदार (कुक) भिसामा जापान आएका मृतककी श्रीमती केहि समय अघि नेपाल गए पछि साथी संगै बस्दै आएका मृतक बुढाथोकी करिब २ हप्ता अघि देखि साथी संग नगई सिन्जुकु तिर बस्दै आएको जानकारी प्राप्त भएको छ ।

मृतकका नेपालमा श्रीमती र एक नाबालक छोरा रहेका छन । गल्कोट समाज जापानले परिवार एवं सबैसगको सल्लाह पछि अन्तिम सस्कार गरिने जानकारी दिएको छ ।

२०७८ असार १०, बिहीबार १७:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय