
महोत्तरी : महोत्तरीको लोहरपट्टी नगरपालिका ७ की बेपत्ता सुजिता ठाकुरको ह-त्या भएको खुलासा भएको छ ।
जेठ २० मै सुजिता बेपत्ता भएकी थिइन् । झण्डै २३ दिनपछि महोत्तरी प्रहरीले उनको आफ्नै खेतमा (घरदेखि करिब डेढ किलोमिटर टाढा) उत्खनन गर्दा ह-त्या भएको केहि प्रमाणहरु फेला परेको हो । खेतमा उत्खनन गर्दा केश, रगतले रातो भएको मोटो, मलखाद र नुन भेटिएको छ ।
शरिर गलाउनका लागि मलदा र नुन प्रयोग गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार ह-त्या बाहिर गरेको र यहाँ ल्याएर गाडेको हुनसक्छ । अहिले उत्खनन गर्न बाँकी छ । अन्य प्रमाणहरु पनि भेटिने सम्भावना छ ।
मधेसी आयोगले घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरी उत्खनन गर्दा ह-त्या भएको प्रमाणहरु फेला परेको छ । सुजिताको ह-त्या आफ्नै देबर रुपेश ठाकुर र ससुरा पतिराम ठाकुरले गरेको आरोप लागेको छ । ह-त्या आरोपी देबर र ससुरालाई समात्न प्रहरी खटिसकेका छन् ।
घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न महिला अधिकारकर्मी गुन्जा राय र सामाजिक अभियन्ता सरोज रायले पहल गरिरहेका छन् । आरोपीलाई पक्राउ गरी अनुसन्धान गर्न र दोषी ठहर भए कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।