महोत्तरी : महोत्तरीको लोहरपट्टी नगरपालिका ७ की सुजिता ठाकुरको ह-त्या आरोपमा उनका श्रीमान् र देवर पक्राउ परेका छन् । आइतबार महोत्तरी प्रहरीले सुजिताको ह-त्या भएको केही प्रमाण फेला पारपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको हो ।
]
महोत्तरीका प्रहरी उरीक्षक प्रकाश विष्टले मृतक सुजिताका श्रीमान् मुकेश ठाकुर र देवर रुपेश ठाकुरलाई पक्राउ गरिएको जानकारी दिए । घर नजिकैको खेलमा उत्खनन् गर्दा झण्डै महिना दिनदेखि बेपत्ता सुजितालाई हत्या गरी गाडिएको अवस्थामा केही प्रमाणहरू प्रहरीले भेट्टाएको थियो ।

गत जेठ २० गतेदेखि सुजिता बेपत्ता भएकी थिइन् । झण्डै २३ दिनपछि महोत्तरी प्रहरीले उनको आफ्नै खेतमा (घरदेखि करिब डेढ किलोमिटर टाढा) उत्खनन् गर्दा हत्या भएको केही प्रमाणहरू फेला परेको हो । खेतमा उत्खनन् गर्दा कपाल, रगतले रातो भएको मोटो, मलखाद र नुन भेटिएको छ ।

२०७८ असार १४, सोमबार १०:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय