
काठमाडौं : पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४४ कोरोना संक्रमित थपिएका छन्।
११ हजार ६ सय ४० जनामा गरिएको परीक्षणबाट उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ पिसिआर परीक्षणबाट १ हजार ५ सय ९ जनामा केरोना संक्रमण पुष्टि भएको थियो।
त्यस्तै ४ हजार ९ सय ९२ एन्टिजेन परीक्षणबाट ९ सय ३५ जनामा कोरोना पुष्टि भएको थियो।
सोही अवसधिमा ३ हजार ८ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ।
थपिएको सहित नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ।
सोह िअवधिमा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ।