जनकपुरधाम : धनुषाको औरही गाउँपालिकाले चाहेजति कमिशन लिएर भनेकै ठेकेदारलाई ठेक्का पार्न एउटै बोलपत्र तीन पटक संशोधन गरेको छ । औरही गाँउपालिकाको २ देउरी परवाहा स्थित १५ शैयाको प्राथमिक स्वास्थ्य चौकी केन्द्र निर्माण बोलपत्रको आव्हान गर्दा नियम विपरित तीन-तीन पटक बोलपत्र आव्हान गरिएको हो ।

२०७७ पुष २९ गते प्रथम पटक बोलपत्र (टेन्डर) आहवानको सुचना प्रकाशित भयो । सूचनाकै आधारमा त्यसलाई अन्तिम समय बिभिन्न ११ निर्माण कम्पनीहरुले टेण्डर प्रक्रिया पुर्‍याएर आवेदन भरे तर अन्तिम समयमा आएर रद्द गरियो ।
दोश्रो पटक २०७८ बैशाख १७ गते पुनः दोश्रो पटक सुचना प्रकाशिन भयो । दोश्रो पटक सुचना प्रकाशिनमा ११ वटा निर्माण कम्पनीहरुले कबोलपत्र भरे ।

कबोलपत्र भरिसकेपछि पुनः खुल्ने समय भन्दा केहि समय मात्र अगाडि पुनः टेन्डरको समय थपेर थप मापदण्ड थपेर अर्को सूचना प्रकाशन गरियो । यसरी लगातार चाहेकै व्यक्ति र चाहेजति कमिशनको चक्करामा तिन पटक सम्म बोलपत्र परिवर्तन गर्नुले निर्माण कम्पनीहरु आक्रोशमा आए । उनीहरुले गाँउपालिका अध्यक्ष ब्रहमदेव यादव र प्रमुख प्रशासकिय अधिकृत सुुबोध ठाकुर कमिसनको खेलमा आफुले चाहेकै कम्पनीलाई ठेक्का दिनका लागि टेन्टरको मापदण्ड पटक-पटक संसोधन गरेको अरोप लगाए ।

 

बोलपत्रमा त्रुटी नै त्रुटी

औरही गाउँपालिकाले बोलपत्र आव्हान गर्दा औरही गाँउपालिका (रुलर मुन्सिपलिटी) हुनुपर्नेमा औरही नगरपालिका (मुन्सिपलिटी) भनी सुचना प्रकाशन भएको छ । जबकी औरही नगरपालिका (मुन्सिपलिटी) नभई (रुलर मुन्सिपलिटी) हो । नगरपालिकाको नाममा नाममा कुनै खाता नरहेपनि नम्बर सहित उल्लेख गरिनु अर्को गल्ति हो ।

नियमावली अनुसार एक पटक कबोलपत्रको सुचना प्रकाशन पश्चात आवेदन लिइसकेपछि मापदण्ड संसोधन गर्ने व्यवस्था छैन । तर पालिकाले पटक दोश्रो पटक प्रकाशित सु्चनालाई पटक-पटक संसोधन गरेर थप पाँचवटा निर्माण कम्पनीहरुको आवेदन स्वीकार गरेको छ । सुचना संसोधन गरी लुम्बिनी जिएनएनजेभी, समान्तर बाबु जेभी, खानी अर्घाखाँची जेभी, रबिना निलगिरी आर्दश जेभी र विकास टिडीआर बिएनबि जेभी सहित पाँचवटा निर्माण कम्पनीको आवेदन बुझेको छ । यी नै पाँच मध्येबाट एकसंग कमिशन मिलान गरी गाँउपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकिय अधिकृत ठाकुरले ठेक्का दिन लागेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालको आरोप छ । उनले नियम विपरित आफनो मनपर्दी ढङ्गले टेन्डर पक्रिया अगाडि बढाउन लागेको भन्दै विज्ञप्ती जारी गर्दै पक्रिया तत्काल स्थगित गर्न माग गरेको छ ।

महासंघ प्रदेश २ का अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी (मुन्ना चौधरी), संघ धनुषाका अध्यक्ष अशोक कुमार चौधरीले समेत गाँउपालिकाको कानूनी नियमको धज्जी उडाएको भन्दै कानुनी लडाई लडन निर्माण व्यवसायीहरुलाई सुझाव दिदै समर्थन सहितको विज्ञप्ति निकालेको छ ।

विगतको शैली दोहोरिदै

औहरीका प्रमुख प्रशासकिय अधिकृत सुबोध ठाकुर विवादित र कमिसनकै लागि यसअघि धनुषाकै मुखियापट्टी मुसरनियामा एक विद्यालयको स्विकृत भवन निर्माणको ठेक्को प्रक्रिया समेत स्थगित गरेको थियो । केही दिनपूर्व मात्र औरही गाँउपालिकाकै आफनै भवन निर्माणको ठेक्का पक्रिया समेत उनले अगाडि बढाएर पुनः रद्द गरिसकेका छन् ।
यस विषयमा गाँउपालिका अध्यक्ष ब्रहमदेव यादवले प्रशासनीय कार्य कर्मचारीले गर्ने भएकोले आफुलाई कुनै जानकारी नरहेको बताए । यता ब्रहमदेव ठाकुरलाई फोन सम्पर्क गर्दा फोन उठदैनन् ।


२०७८ असार १६, बुधबार १६:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु