जनकपुरधाम : जग्गाको लेनदेनमा ठगी मुद्दा खेपिरहेका एक ठेकेदारलाई नेपाली सेनाको एक उच्च अधिकारीले संरक्षण दिदै उन्मुक्ति दिलाएको रहस्य सार्वजनिक भएको छ । सिरहा चोहर्वा स्थित नेपाली सेनाको २७ नम्बर बाहिनीका सहायक रथी हेमराज केसीले प्रहरी प्रशासन तथा वकिलहरुलाई प्रभावमा पारेर ठगी मुद्दाका अभियुक्त प्रेमकुमार मल्ललाई उन्मुक्ति दिलाउन खोजेको पिडित पक्षले रहस्य सार्वजनिक गरेको हो ।

नातामा सम्धी पर्ने ललितपुर सानेपाका प्रेमकुमार मल्ललाई उन्मुक्ति दिलाउन सहायक रथी केसीले धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाट, सरकारी वकिल कार्यालयका वकिल सिताराम अर्याललाई प्रभावमा पारी ठगी मुद्दाका अभियुक्त मल्ललाई उन्मुक्ति दिलाएको आरोप निर्माण व्यवसायी राजकिशोर साहले आरोप लगाए । ठगी मुद्दा खेपिरहेका ललितपुर सानेपाका मल्ल प्रेरा निर्माण सेवाका सञ्चालक हुन् ।

व्यापारिक साझेदार राजकिशोर गुप्तासँग जग्गा खरिद प्रकरणमा ठगी मुद्दा खेपिरहेका मल्ललाई केसीले प्रहरी प्रमुख र सरकारी वकिलसँगको मिलेमतोमा स्वास्थ्य समस्याको कारण देखाउदै छुटाएको आरोप पीडित पक्षको छ । यसअघि निर्माण व्यवसायी गुप्ता र मल्ल संयुक्त रुपमा व्यावसायिक साँझेदारी थियो ।

गत मंगलबार राती ठगी मुद्दामा प्रहरी हिरासतमा रहेका ठेकेदार मल्ललाई बुधबार विहान प्रहरी छानविन तथा अदालतमा समेत पेस नै सरकारी वकिल कार्यालयबाटै सेटिङ्गको आधारमा रिहा गरेपछि पीडित राजकिशोर गुप्ताले पत्रकार सम्मेलन आयोजना गरी सेनाका सहायक रथी केसी आफुलाई धम्की दिई मिल्न दबाब दिईरहको बताए । ठेकेदार मल्ललाई ठगी मुद्दामा धनुषा प्रहरीले हिरासतमा राखेपनि पछि अस्वस्थ्यताका कारण कागजी प्रमाण देखाउँदै मल्ललाई छाडिएको थियो । तर यस सम्बन्धमा धनुषाका प्रहरी उपरीक्षक रानाभाट कुरा गर्न पञ्छिदै प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रसंग कुरा गर्न भन्दै पञ्छिए ।

nepali_sena_nepalvani (2)

सहायक रथी केसीको संरक्षण
ठगी मुद्दाका अभियुक्त मल्ललाई सहायक रथीले आफ्नै गाडीमा आफुसंगै राखेर जनकपुरधाम ल्याई सेटिङ्गको भरमा जिल्ला प्रहरी कार्यालय नपुर्‍याईकनै सरकारी वकिलको कार्यालयबाटै लगेको पिडित राजकिशोर गुप्ताले बताए । उनले भने, ‘मसंग सम्पुणर् प्रमाणहरु सुरक्षित छ, वहाँ दुवै सम्धी ्जनकपुर आउनु भो, सकारी वकिलको कार्यालय छिरेर त्यहाँबाट राष्ट्रबैंक हुँदै गण र रात्रिकालिन विश्रामको लागि बर्दिबास सम्म संगै लानुभो !’

साझेदारीमा बेईमानी पछि मुद्दा
प्रेरा निर्माण सेवाका ठेकेदार मल्ल र राजकिशोर गुप्ता दुवैजना मिलेर संगै ठेक्कापट्टा गर्दै आएका थिए । तीन वर्षअघि पुँजी अभावका कारण गुप्ताले जनकपुरधाम स्थित थापा चोकको २२ धुर जग्गा मल्लको नाममा पास गरिदिए । व्यापार-व्यवसायका लागि २ करोड लगानी गर्न मल्लको नाममा पास गरिएको उक्त जग्गा सम्झौता विपरीत बेचेको भन्दै मल्लमाथि गुप्ताले प्रहरीमा ठगी मुद्दा दर्ता गराए ।
फिर्ता गर्ने सर्तमा विश्वास गरेर मल्लको नाममा जग्गा पास गरिदिएका थियौं, गुप्ताले भने, ‘तर मलाई जानकारी नै नदिएर जग्गा बेचिएछ, अहिले म घर न घाटको भएको छु ।’ ‘अहिले उक्त जग्गाको मूल्य करिब १० करोड रुपैयाँ पर्छ, तर २ करोड बराबर १० करोडको जग्गा बेचेर सरारसर बेईमानी गरे ।’ सोही मद्दामा सरकारी वकिल कार्यालय धनुषाले ठेकेदार मल्लमाथि चलेको ठगी मुद्दा खारेज गर्न सहायक रथी लागि परेको गुप्ताको भनाई छ ।

ठगी मुद्दा चलेपछि ठेकेदार मल्लको सम्पत्ति र विभिन्न बैंकमा रहेका खाता जिल्ला प्रहरी कार्यालय मार्फत नेपाल राष्ट्र बैंकले रोक्का गरिसकेको छ । विभिन्न बैंकमा रहेको खाता सञ्चालनका लागि मुद्दा खारेज गर्नुपर्ने भएकाले ठुला स्तरबाट नै प्रहरी, प्रशासन र नेपाली सेनाको सेटिङ्गमा सबैजना आफ्ना स्तरबाट लागि परेको उनको आरोप छ । उनले भने ‘ठगी मुद्दा खारेजी गर्न ठूलो रकमको चलखेल भएको छ, अदालतबाट न्याय पाउँछु भन्ने विश्वास थियो । तरसरकारी वकिलसंग मिलेर ममाथि अन्याय गर्न लागेको छ, तपाईहरुले मलाई न्याय दिलाई दिनुपर्‍यो ।’

यता पीडित ठेकेदार साहका अनुसार सहायक रथी केसीले आफ्नो घरायसी मान्छे रहेकाले सहमतीमै टुंगो लगाउन दवाव दिने गरेका छन् । तर आफु तयार रहेपनि आफुलाई धाकधम्की र प्रलोभनमा पार्न खोजेको उनले आरोप लगाए ।

२०७८ असार १७, बिहीबार १६:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय