
महोत्तरी : महोत्तरीको बर्दिबासमा पत्रकारद्धारा एक असाह्य किशोरीको उद्धार गरिएको छ ।
गत बुधबार रौतहटको श्री नगरबाट आएकी एक १७ वर्षीय प्रियंका महतो भन्ने किशोरीलाई सामुदायिक रेडियो दर्पण ८८. ४ मेघाहर्जबाट उदार गरिएको हो ।
सोही रेडियोमा कार्यरत पत्रकार रीता लामाले काम खोज्दै आएकी ति किशोरीलाई उद्धार गरेर सर्लाहीको हरीवन नगरपालिका स्थित मानव सेवा आश्रममा पुर्याएकी हुन् ।
कक्षा ९ मा अध्यानरत उनी हिन्दी भाषा मात्रै बोल्छिन र बुझ्छिन । भारतमा बस्दै गर्दा बाबु र भाईको मृत्यु भएपछि आफू आमासँगै रौतहटको श्रीनगर आएर एक झुप्रो बनाइ बस्दै आएको ति किशोरीले बताइन ।
कष्टपूर्ण जिन्दगी झैल्दै जाँदा एक वर्ष अघि आमाको समेत मृत्यू भएपछि बेसहरा बनेकी ति किशोरी साथीको घरमा बस्दै गर्दा साथीकै
दाजुभाइबाट असुरक्षित महसुस गरेपछि उनी केहीदिन अघि मात्रै काम खोज्दै महोत्तरीको सामुदायिक रेडियोहरुमा पुगेकी थिइन ।