रौतहट : भोर संस्थाको पहल र स्टोरिज अफ नेपालको सहयोगमा चन्द्रनगर गाउँपालिकाका २५ पीडित परिवारलाई भारी वर्षाबाट सघाउन तृपाल वितरण गरिएको छ ।

कोरोना माहामारीले जनता पीडित थिए, अझ आइले वर्षाको मौसम आएछि बादी-पहिरोले उहाँहरुको जीवन अझ कस्तकर बनाइसकेको छ । जता-ततै बादी-पहिरो आइरहेको छ, घरहरु दुवानमा परिरहेका छन । पीडितहरुलाई नत बस्नलाई घरनै छ, नत खानलाई खानानै छ, नत लाउनलाई कपडा नै छ । त्यस्तै कोरोना र बादी-वर्षातको चपेतामा परेका छन नेपालको प्रदेश २ स्थित सर्लाहीको चन्द्रनगर गाउँपालिकाका गरिव र विपन्न जनताहरु । उहाँहरुको घरमा राम्रो छानो समेत छैन । ” पानी पर्दा हाम्रो घरमा पानी छिरछ अनि हामी एउटा कुनामा कुर्सीमा रात भरी बसेर निदाउ छै ” चन्द्रनगर गाउँपालिका स्थित एक पीडितले भने । ” आविरल वर्षाले गर्दा हामी नत राती निदाउन पाउछम नत दिउँसो नै ” अर्को पीडितले भने ।

जनताहरु यस्तो मारमा परेका छन, जन-जीवन निकै कष्टकर भएको वेला स्थानीय सरकारले उहाँहरु बस्नलाई एउटा तृपाल समेत सहयोग नगरेको जान्कारी प्राप्त भएपछि भोरको पहलमा र स्टोरिज अफ नेपालको सहयोगमा २५ अति विपन्न पीडित घरलाई १ तृपाल सहयोग गरेको भोर संस्थाका संस्थापक राज कुमार महतोले जनाए ।

पीडितको गुनासो सुनेछि, पीडितलाई यस तृपालले थोरै भएपनि राहत महसुस होस भनेर स्टोरिज अफ नेपालका तर्फबाट २५ वता तृपाल सहयोग गरेको संस्थाका तर्फ बाट जय पौडेलले जनाए ।

हरेक पीडितको घरमा आफु स्वयम् पुगेर पीडितलाई तृपाल बित्रन गरेको आदित्य महतोले जनाए । तृपाल वितरणका क्रममा स्वयंसेवकका रूपमा पच्चुलाल माझी, उमेश साह, राज कुमार महतो, सरोज महतो लगायत राजु महतो र आदित्य महतो उपस्थित थिए ।

यस् गाउँपालिकामा आविरल वर्शातले गर्दा अरु थुप्रै पीडित पीडितहरु छन, सहयोग प्राप्त भएमा अरु पीडितहरुका घरमा समेत सघाउने प्रतिबद्धता भोरका अध्यक्ष पच्चुलाल माझिले दिए ।

Aaditya_Mahato (2)

२०७८ असार २४, बिहीबार १०:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय