सर्लाही_तालिम_नेपालवाणी

सर्लाही : गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम कार्यलय आयोजनामा सञ्चालित २ महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ । असार २८ गतेबाट चन्द्रनगर गाउँपालिका वडा नं १ मा सञ्चालित तालिम अपाङ्ग सेवा समिति पुन स्थापना सेवा केन्द्र सर्लाही जिल्लाको महासचिव कृष्ण चन्द्र महतोका नेतृत्वमा गरिएको हो । सोही कार्यक्रम वडां न. १ मा सुरु भएकोमा यश वार्डका वडां अध्यक्ष बच्चे रायले खुसी वयक्त गर्नु भयो ।

यस छेत्रका समाजसेवामा कार्यरत संस्थाहरुले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(MEDPA) द्वारा संचालित २ महिने सिलाई कटाई तालिम संचालन भएकोमा खुशी व्यक्त गर्नु भयो । साथै उहाले सिकेको नयाँ सीपलाई व्यवहारीक रुपमा उतार्दै सफल उद्यमी बन्न आग्रह समेत गर्नु भयो ।

अध्यक्षले कार्यक्रम संचालन गरेमा वडाको तर्फबाट जुनसुकै अवस्थाामा पनि सकेको सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । उद्यमीहरु सफल रुपमा अगाडी बढ्न सकेको खण्डमा आफ्नो वडाको पनि इज्जत रहने महतोले बताए । महिला उद्यमीहरुको सशक्तिकरण र आर्थिक उन्नतीलाई मज्बुत बनाउने काममा वडाको तर्फबाट सधैं सहयोग रहने समेत उहाले बताए

अपाङ्गता प्रशिक्षक हाल हरिवन नगरपालिका ११ निवासी नन्दकिसोर ठाकुर द्वारा१५ जना महिलालाई सिप सिकाई समुहमा सिलाई कटाई मेसिन हस्तान्तरण गरि सधैको लागि रोजगार मुलक बनाउने उनले भने ।

कृष्ण चन्द्र महतोले यस कार्यक्रमले महिलाहरुले साह्रै महत्वपूर्ण नयाँ सीप सिक्न पाएको उल्लेख गर्दै तालिम दिने संस्थालाई धन्यबाद दिनु भयो । साथै महतोले सबै प्रमुख व्यक्तित्वहरुको सहयोग गर्ने बाचा प्रति पूर्ण विश्वास रहेको बताए ।

२०७८ असार २८, सोमबार २१:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय