काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेशले नभएर सर्वोच्च अदालतको परमादेशले आफू सरकारबाट बाहिरिन लागेको बताएका छन् ।

मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा जनादेश भएपनि सर्वोच्चको परमादेशले सरकारबाट बाहिरिनु परेको बताएका हुन् ।

सर्वोच्चले सोमबार परमादेश जारी गर्दै २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

उनले भने, ‘मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित रहनु लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

२०७८ असार २९, मंगलवार १६:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय