काठमाडौं : राष्ट्रपति कार्यालयले नियुक्ति सच्याएपछि मात्र नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

मंगलबार अपराह्न राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालत संवैधानिक इजलासको परमादेशअनुसार देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेको बेहोरा उल्लेख थियो ।

प्रधानमन्त्री देउवाले आफ्नो नियुक्तिमा संविधानको धारा ७६ (५) उल्लेख नगरी सपथ ग्रहण नगर्ने अडान लिएका थिए । राष्ट्रपति कार्यालयले संविधानको धारासमेत उल्लेख गरेर नियुक्ति सच्याएपछि देउवाले सपथ लिएका हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

२०७८ असार २९, मंगलवार २१:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय