जनकपुरधाम : पहिलो पटक गत जेष्ठ १९ गते सुजिता हत्याको योजना बनाएका रुपेश ठाकुर विफल भएपनि सोही योजना दोहोर्‍याउँदै दोश्रोदिन २० गते बिहान योजना अनुसार हत्या गरेको बाहिरिएको छ । घर परिवारमा हुने दिनुहँको बिवादबाट छुकटारा पाउन मार्ने योजना १९ गते बनाएपनि सफल नुहँदा विहान पुनः भनाभनको क्रममा मुक्काले हान्दै भित्तामा ठोक्काएर अचेत अवस्थामा पुगेपछि हत्या गरेको प्रहरी श्रोतले जनाएको छ ।

प्रहरी श्रोतले भन्यो, “घरमा हुने दिनहुँको बिवादबाट छुटकारा पाउन तथा घरबाट बढी समय बाहिर बस्दा घरपरिवारको ईज्जत प्रतिष्ठा जाने डरले हत्या भएको खुलेको हो, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, सम्पति बाँडफाँड पनि होला तर मुख्य हत्याको कारण भने घरबाट बाहिर निस्कदा कसैलाई भनेर कहाँ जान्छु भनेर नभन्ने, जाने, आउने निश्चित नहुने जस्ता समस्याका कारण दिनुहँ झै-झगडा हुने गरेको थियो, सोही क्रममा ईज्जत प्रतिष्ठा जाने डरले हत्या भएको खुलेको हो ।’

सुजिताको हत्या अनुसन्धान खटिएका एक प्रहरी अधिकारीले भने, ‘हत्याका बिभिन्न कारणहरु मध्ये सुजिताको श्रीमान्लाई धन सम्पति देखि केही मतलव नहुनुको फाईदै उठाँदै देवर रुपेशले आफु मर्जी सम्पतिको दुरुपयोग गर्नु र सुजिताले मागेको रुपैयाँ पैसा नदिनु तथा छोराछोरी आवश्यक लत्ताकपडा देखि राम्रो स्कुलमा पढाउन समेत नखोज्नुले दैनिकी झगडा हुने गरेको अनुसन्धानबाट खुलेको छ, यही कारण हो भन्ने पर्याप्त छैन, थप अनुसन्धान हुँदैछ, थप केही संवेदनशिल कारणहरु छन् जुन अहिले अनुसन्धानको क्रममा खुलाउन मिल्दैन् ।’

Sujata_thakur_mahottari_1

महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुरा घर भएकी २७ वर्षिया सुजिता ठाकुरको हत्या गरी दिनभरी उनी सुत्ने कोठाको पलङ्गमा राखी कोठा बाहिरबाट ताल्चा लगाएर दिनभरी राखेको पाईएको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए । ‘अनुसन्धानबाट दिनभरी घरमा राखेर राति ९ बजे आफ्नै ट्रयाक्टरमा राखी खेतमा पुर्‍याएर खाल्डो खनेर गाडेको देखिएको छ, त्यसको भोलीपल्ट सोही खेतमा पानी भरेर खेतमा धानको बिऊ छरेको रहेछ ।’

प्रहरीमा उजूरीपछि परिवार सहित प्रहरीको टोली घरमा गएर सोधपुछको क्रममा शंका लागेर मृतक सुजितको दाई शिवम पाण्डे र कामेश्वर पाण्डे सहित समाजिक अभियन्ता गुञ्जा रायको टोली खेत-खेतमा खोज्न थालेपछि त्यहाँबाट शव उत्खनन गरी सारिएको रहेछ । प्रहरी नायव उपरिक्षक विष्टले भने, ‘अनुसन्धानको क्रममा एक ठाउँमा गाडेको शवलाई मृतकको माईती पक्षले खेतसम्म खोजतलास गर्न थालेपछि त्यहाँबाट सारिएको रहेछ । माईती पक्षले छोरीलाई हत्या गरेर गाडेको सूचनाको आधारमा पटक-पटक खेतमा खोज्न गएपछि ससुरापक्षका मानिसहरुलाई शंका लागि गाडिएको शवलाई स्थानान्तरण गरी पुनः अर्को घडेरीमा गाडेको पाईयो ।’

मृतक : सुजाता ठाकुर

 

‘शव गन्हाउन थालेपछि डरले गाडेको दश दिनपछि जेष्ठ २९ गते मध्यरातमा पुनः उत्खनन गरी अर्को घरदेखि पाँच सय मिटर पूर्व निर्माणर्ाधिन पेट्रोप पम्पसंग जोडिएको काठको गोलीया राख्ने गोदाम भएको जग्गाको सबैभन्दा पूर्व-उत्तरतर्फ ९ फिट गहिराई भएको शौचालय टयाङ्कीमा ४ फिट गाडेर माटोले पुरी माथिबाट ईटा ओछयाएर ढलान गरी कसैले थाहा नपाउने गरी माथिबाट काठका गोलाहरु राखिएको थियो ।,’ प्रवक्ता विष्टले भने, ‘अनुसन्धानमा क्लु भेटनु त्यसैलाई पछयाएर गाडेको स्थानसम्म पुग्न निक्कै गाह्रो भयो । शव गाडेको स्थान सम्म पुग्नु अत्यन्त मेहनत गर्नुपर्‍यो ।’

’गत जेष्ठ १३ गते प्रहरी चौकी भ्रमरपुरा, मृतकका भाई शिवम पाण्डे र समाजिक अभियन्ता गुञ्जा रायको सक्रियतामा उनकै खेतबाट शवका अवशेषहरु बरामद भएको थियो । सोही अवशेषको आधारमा अनुसन्धान हुँदा शव सम्म पुग्न सक्यौं ।

जिल्ला प्रहरीको अनुसन्धान फितलो

सुजिता हराएको दिनदेखि आफन्त तथा समाजिक अभियन्ता गुञ्जा रायले प्रहरीमा पटक-पटक उजूरी लिएर जादा समेत अनदेखा गर्नु प्रहरीलाई शंकाको घेरामा हाल्छ । मृतक सुजिताका पाँच वर्षिय छोराले आमाको हत्या भएको तथा विवरणहरु सुनाउँदा समेत प्रहरीले अनुसन्धानमा तादरुकता नदेखाउनुले शंकालाई अझ बल दिन्छ ।

DIGP-Umesh-Ranjitkar

हराएको झण्डै दुई हप्ता वित्दा समेत प्रहरीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता नलिनु तथा उजूरी समेत दर्ता नगनर््ुले घटना लुकाउन प्रहरीको संलग्नता देखिएको उच्च प्रहरी अधिकारीको भनाई छ । प्रहरी अधिकारी श्रोतले भन्यो, ‘मृतकको बच्चाले घटनाको विवरण भन्दा समेत संवेनशिलतालाई नबुझनु प्रहरीको गल्ती हो, त्यो विस्तारै संघीय प्रहरी हुँदै प्रदेश प्रहरी कार्यालय रिर्पोटिङ्ग भएपछि डिआईजी उमेश रञ्जितकारको निर्देशकमा अनुसन्धान अगाडी बढाईयो । जसमा बल पुर्‍याउन समाजिक अभियन्ता गुञ्जा रायले महत्वपूणर् भुमिका निवार्ह गर्नुभयो, अन्यथा घटना बाहिर नै आउने थिएन, अर्कैसंग भोगेको भनेर घटनालाई ढाकछोप तलदेखि माथि सम्म सेटिङ्ग मिलाउने प्रयास भएको थियो ।’

घटनामा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ज्ञान कुमार महतोको टोलीमा टेक्निकल ईन्भिेष्टिकेशन मनोज सिंह पेला, संघीय प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक छेदीलाल कामती, टक्निकल ईन्भेष्टिकेशन विशम्भरनाथ साह र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टको अथक प्रयासपछि घटना बाहिर ल्याईएको हो । एक प्रहरी अधिकारीले भने, ‘हामीले दिनरात नभनी ४८ घण्टा आँखा नझिम्काई अनुसन्धानमा लागि रहयौं, आखिर सफलता पनि मिल्यो’
कटानी जाहेरीका लागि समाजिक अभियन्ता गुञ्जा रायको नेतृत्वमा पिडित परिवारको तर्फबाट मृतकका दाई शिवम पाण्डे, बुवा कामेश्वर पाण्डे सहितका दजर्नौ व्यक्तिहरु जिल्ला प्रहरी कार्यालयमा अषाढ ४ र ६ गते गएपनि प्रहरीले जाहेरी लिन मानेनन् । अभियन्ता रायकै अगुवाईमा खोजतलासको क्रममा शवको अवशेष भेटेपछि समेत जाहेरी लिन मानेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक दिनेश कुमार आचार्यले शव नभेटिएसम्म तथा फरेन्सिक रिपोर्ट नआएसम्म किटानी जाहेरी लिन नमिल्ने भन्दै पन्छिदै आएका थिए । उनले भने, ‘हामी अनुसन्धान गर्दैछौं, लाश र फरेन्सिक रिपोर्ट नभ्एसम्म जाहेरी लिन मिल्नदैन ।’ यस अघि पनि जिल्ला प्रहरी कार्यालयमा पाण्डे पटक-छोरी खोजी गरिदिन आग्रह गर्दै पन्छिदै जिल्लाबाट पठाउने गरेका थिए ।

हत्यामा संलग्न ४ सार्वजनिक

महोत्तरीको लोहारपट्टी नगरपालिका-७ की सुजिता ठाकुरको हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मृतक सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, लोहरपट्टी ७ भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनी मण्डल रहेको छ ।

प्रहरी उपरीक्षक दिनेश आचार्यले मृतकको पति ३१ वर्षीय मुकेश ठाकुलको हत्यामा संलग्नता नदेखिएकाले थुनामुक्त गरि मृतक सुजिताको बुवा कामेश्वर पाण्डेको जिम्मा लगाइएको जानकारी दिए । उनी सुस्त मनस्थितिका छन् । उनले पक्राउ परेका बण्ठा, मुल्ला र नथुनिले मृतकको शव ओसार-पसार गरी शव गाड्न तथा शवलाई स्थानान्तरण गर्ने कार्यमा सहयोग पुर्‍याएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ । घटनाको अनुसन्धान अझै जारी रहेकोले थप रहस्य खुल्न बाँकी रहको जनाए ।

सम्बन्धित समाचार

सुजिता ह’त्या प्रकरण : महोत्तरी प्रहरीद्वारा घटनामा संलग्न ४ जना सार्वजनिक

सुजिताको श’व शौचालयको हदमा भेटियो, दाइजोको कारण नै ह’त्या

 

 

२०७८ असार ३०, बुधबार ११:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय