धनुषा : धनुषामा आज शुक्रबार एका बिहानै सरकारी स्कारपिओ पिकअप अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको ज्यान गएकाे छ , भने अन्य पाँचजना घाइते भएका छन् ।

आज बिहान ५ बजे जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिका स्थित सपहीमा राजमार्गमै सरकारी नम्बरप्लेटकाे ज २० ०२ ०००१ ख ००३५ नम्बरको स्कारपिओ पिकअप डाइभर्सनमा अनियन्त्रित भएर निर्माणाधिन पुलकाे खाल्डोमा खसेर दुर्घटनाग्रस्त भएकाे छ ।

दुर्घटनाबाट ज्यान जानेमा पिकअपमा सवार महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादव रहेको इलका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएकाे छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

घाइते अन्य पाँचजनाको सोहि अस्पतामा उपचार भइरहेको छ । उपचारत घाइतेहरूकाे अहिले नाम सार्वजनिक नगरिएकाे इप्रका महेन्द्रनगरले जनाएकाे छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेकाे छ ।

२०७८ श्रावण १५, शुक्रबार ०७:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय