
नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी ग्रीष्मकालिन टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।
महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी चाैधरी पहिलो चरणबाटै बाहिरिएकी हुन् ।
ओलम्पिक स्टेडियमको ट्रयाकमा आज बिहान नेपाली समय अनुसार ५ ः ५२ बजे भएकाे खेलमा सरस्वतीले निर्धारित दुरी १२ः९१ सेकेन्डमा पूरा गरिन् ।
दोस्रो हिटमाआठौं स्थानमा रहेकी सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यस हिटमा ९ खेलाडी रहेका थिए ।