जनकपुरधाम : सितानगरी जनकपुरधाममै एक महिलामाथि बोक्सी (डायन)को आरोप लगाउँदै कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । जनकपुरधाम १४ रजौलकी महिला स्वयमसेविकालाई नै बोक्सी भन्दै कुटपिट गरिएको हो ।

घरमा गाइ, गोरु विरामी भएको, छोरा, नाती नातिना विरामी हुँदा समेत बोक्सी नै लगाएको भन्दै आफुलाई साउन १ गते राति निर्घात रुपमा कुटपिट गर्दै मलमुत्र खुवाउने प्रयास गरेको पिडित शिला देवी महराले बताइन् । घटना स्थलबाट मुजेलिया प्रहरी चौकीले पिडितलाई उद्धार गरि उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएको भएपनि आरोपितहरु राजनितिक संरक्षण पाएर आफुले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी दर्ता नगरेको पिडितका पति सन्तोष महराले बताए ।

यसअघि २० वर्षअघि आरोपितहरुकै घरपरिवारले सन्तोष महराकी आमा फुलझरिया देवी महरालाई समेत बोक्सी आरोप लगाउँदै कुटपिट गरि मलमुल खुवाएको पिडित शिला देवी महराले बताइन् । पटक पटक आफुहरुलाई बोक्सी रहेको आरोप लगाउँदै कुटपिट गरि मलमुत्र खुवाएको र मलमुत्र खुवाउने अहिले समेत प्रयास गरेकाले आफुहरुलाई न्याय चाहिएको बताइन् ।

टोलमा बोक्सीको परिवारको छोरा, बुहारी भनेर बोलाउँदा आफुहरुलाई आत्मगलानी हुने गरेको सन्तोष महराले गुनासो गरेका छन् ।

२०७८ श्रावण १५, शुक्रबार १४:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय