काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का पूर्वअध्यक्ष महन्थ ठाकुर पक्षले आज चार जिल्लामा कार्यकर्ता भेला राखेको छ।

झापा, धनुषा, पर्सा र कैलालीमा अगुवा कार्यकर्ता भेला राखेको जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य केवश झाले बताए। उनका अनुसार झापाको भेलालाई केशव झा र सन्तोष मेहताले सम्बोधन गर्नेछन्।

त्यस्तै, धनुषाको अगुवा कार्यकर्ता भेलालाई महन्थ ठाकुर, राजेन्द्र महतो, उमाशंकर अरगरिया र वृषेशचन्द्र लालले सम्बोधन गर्ने तय भएको छ।

पर्साको भेला शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल र बिमल श्रीवास्तवले सम्बोधन गर्ने छन् भने कैलालीमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी र दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने भएका छन्।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेसँगै ठाकुर पक्ष कार्यकर्ता भेटभाटमा गएको हो। शुक्रबार पनि केही जिल्लामा कार्यकर्ता भेला गरिएको थियो।

२०७८ श्रावण २३, शनिबार ०८:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय