गोबिन्द महतो / जनकपुरधाम
भारतबाट खरिद गरी ल्याईएको रेल लामो समयसम्म ट्रयाकमा त्रिपाल ओढाएर राखिएको बेला रेल चलाउन भारत सरकारले ताकेका गरेको छ । नेपाल र भारत बीच सञ्चालन हुने रेलका लागि नेपाल सरकारले भारतको कोनकन रेल्वेज कार्पोरेशन बीच भएको सम्झौता अनुसार रेल चलाउन नेपाल सरकारलाई ताकेता गरेको हो ।
नेपाल र भारत सरकार बीच भएको सम्झौता अनुरुप नेपालमा रेल चलाउने जनशक्ति नभएकाले चेन्नई स्थित कोनकन रेल्वेले कार्पेरेशनले रेल सञ्चालनको जिम्मा लिएको छ । रेल सञ्चालनको जिम्मा पाएका कार्पोरेशनले जनकपुरधाममा तालिम दिएका १ सय ८६ कर्मचारीलाई राखेर तलव खुवाउन नसक्ने भन्दै रेल सञ्चालन गर्न सरकारलाई ताकेता गरेको हो ।
नेपाल रेल्वे कम्पनी र कोनकन रेल्वेले कार्पेरेशन बीच रेल चलाउन सम्झौता अनुसार नेपाल सरकारले कोनकनलाई रेल सञ्चालनका लागि अग्रीम रकम पठाउन ढिलाई भएकोले ताकेता गरेको रेल विभागका महानिर्देशक दिपक भट्टराईले जानकारी दिए । ‘कोनकन रेल्वेले कार्पेरेशनले नेपालका कर्मचारीलाई तालिम दिईसकेको छ, सम्झौता अनुरुप सरकारले पठाउने रकम पठाउन ढिलाई भएकोले वहाँहरुले ताकेता पत्र पठाउनुभएको हो, नेपाल सरकारको अर्थ मन्त्रालयबाट बजेट निकासा भैसकेको छ, अबको केही दिनमा रेल सञ्चालनको लागि सम्झौता बमोजिम दिने भनिएको अग्रीम रकम पठाउँछौं ।’
जनकपुरधाम–जयनगर रेल सञ्चालनका लागि तत्काल भारतीय चालक सहित प्राविधिक जनशक्ति लिईएको छ । उनीहरुको तालिम गत महिनाको जुलाईमा नै सकिएको छ । नेपाल र भारतमा ओहोरदोहोर गर्ने भनिएको रेल सञ्चालनका लागि जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतको कोनकन रेल्वेज कर्पोरेसनबीच सम्झौता भएको हो ।
रेल्वे विभागका ईन्जिनियर बिनोद ओझाले रेल्वे सञ्चालनको जिम्मा नेपाल रेल्वे कम्पनीको भएकोले प्राविधिक कुराहरुले पूर्णता नभएकोले सञ्चालनमा समस्या आएको हो । ‘रेल्वे सञ्चालन, निर्माण, प्राविधिक जस्ता जटिलताका कारण रेल सञ्चालनमा छ’ उनले भने ।
सुरुमा नेपालले भारतसँग ‘वेट लिज’ सम्झौता गर्ने तयारी गरेको भए पनि पछि त्यसो हुन नसक्दा सञ्चालनमा समस्या आएको रेल विभागमा काम गरिसकेका विज्ञ बलराम मिश्र बताउँछन् ।
वेट लिज गर्दा रेल विक्रेता वा भाडामा दिने कम्पनीले खरिदकर्तालाई रेल सहित सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पनि उपलब्ध गराउनुपर्ने हुन्छ । यसरी खरिद गरिएको रेलको सञ्चालनका बेला गर्नुपर्ने मर्मत सम्भार देखि अन्य प्रबन्धका काम पनि उसकै रहन्छ ।
भारत सरकारको सहयोगको ६९ किमी लामो जयनगर–जनकपुर रेलमार्गको पहिलो खण्ड जयनगर–जनकपुरमा रेल सञ्चालन गरिन लागेको हो । सन् २०१० मा भारत सरकारले यो रेलमार्गको ’ब्रोडगेज’ पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्दता जनाएको थियो । जनकपुरधाम देखि महोत्तरीको बिजलपुरा सम्मको खण्डमा भने पूर्वाधार निर्माण भइरहेको छ ।
राणा शासनका बेला बिसं १९८४ मै भारतको जयनगरदेखि बिजलपुरासम्म रेल सेवा सञ्चालन गरिएको थियो । शुरुआतमा तत्कालीन ब्रिटिश शासकले नेपालका जंगलको काठ ओसार्ने ध्येयले रेल सेवा शुरु गरेको मानिन्छ । कालान्तरमा यो सीमावर्ती क्षेत्रका नागरिकको आवत–जावतको प्रमुख साधन बनेको थियो ।
यद्यपि, पूरानो प्रविधिको यो रेलको इन्जिन, लिक पूरानो हुँदै गएर यो रेलमार्ग जयनगरदेखि जनकपुरसम्म मात्र खुम्चिएको थियो । पछिल्लो दशकदेखि त यो खण्ड समेत बन्द भएको थियो ।

