जनकपुरधाम : विदेशमा मृत्युदण्ड पाएका उमेश यादवलाई उद्धार गरि घर पुरयाएर नेपालीहरुको बजरंगी भाइजानबाट चिनिएका समाजिक अभियन्ता सरोज रायले भारतबाट पुनः तीन बालकलाई उद्धार गरेका छन ।

सिरहाको पतार निवासी अमर लाल दास ,लहानको महादेव पासवान महोत्तरी सुगाको सत्यम लाल झा लाई भारतको दरभंगाबाट उद्धार गरि नेपाल फिर्ता ल्याएका छन । तिनजना बालकहरु लामो समय देखी दरभंगा स्थित बालगृहमा रहेका थिए । तिनै बालक फरक फरक समयमा भारत पुगेको वताइएको छ।

समाजिक अभियन्ता सरोज रायले दिएको जानकारि अनुसार अमर लाल दास करिव एक वर्ष देखि बालगृहमा थिए, उनी बोल्न सक्दैन, करिव चार महिना दरभंगाबाट दुई बालक उद्धार गर्न आएको बेला अमरको वारेमा जानकारी प्राप्त भयो । महादेव पासवान वारे करिव डेढ महिना अगाडी र सत्यम लाल झा वारे करिव ३८ दिन अगाडी जानकारी प्राप्त भएको थियो । तिनवटै बालकको घरपरिवार खोज्न फेसबुकमा फोटो राखेको थिए र सबैको बुवाआमा संग सम्पर्क भएको सरोज रायले मधेश आवाजलाई वताएका छन ।

उनले भने,त्यहि बेला देखि तिनवटै बालकलाई नेपाल फिर्ता ल्याउन पहल गरिरहेको थिए । आवश्यक कागजात बनाएर भारत पठाए, कोरोनाले गर्दा बाल कल्याण समिती दरभंगाले केहि दिन अगाडी मात्र तिनवटै बालक लाई नेपाल पठाउने निर्णय गरेका थिए । शनिवार दरभंगा पुगेर कागजी प्रकृया पुरा गरि सबैलाई नेपाल फिर्ता ल्याएको उनले वताए ।

उनले कोरोनाले गर्दा आमाबुवा लाई साथमा बताउदै नेपाल ल्याएर जिल्ला प्रशासन कार्यलयको मार्फत परिवारजन्य लाई जिम्मा लगाइने जानकारि दिए ।

२०७८ भाद्र ६, आईतवार १०:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय