
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा १५४८ र एन्टीजेनमा २५३ गरी १८०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ८७०४ पीसीआर र २६२२ एन्टीजेन परीक्षण भएका छन।
मन्त्रालयका अनुसार सोही समयमा १९२४ जना संक्रमणमुक्त भएका छन्। यस्तै संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ।