काबुल : अफगानिस्तानको राजधानी काबुल समेत कब्जा गरिसकेको तालिबानलाई त्यहाँको पन्जसिर प्रान्त भने चुनौती बन्ने देखिएको छ ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये ३३ वटा आफ्नो नियन्त्रणमा लिइसकेको तालिबानले अहिलेसम्म आफ्नो पहुँचमा पार्न नसकेको एक मात्र प्रान्त बनेको छ– पन्जसिर । जहाँ अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सलेह पनि बसिरहेका छन् ।

तालिबानविरुद्ध युद्ध छेड्ने चेतावनी दिइरहेका छन् । यहाँ अहमद मसुद विद्रोही नेताहरूसँग सहभागी हुँदै लडाईंका लागि तयारीमा जुटेका छन् । उनले अफगानिस्तानको पूर्व सरकारका सेना र तालिबानविरोधीहरूलाई एकजुट गराइरहेका छन् ।

रेजिस्टेन्स फ्रन्टका प्रवक्ता अलि मैसम नजारीले न्युज एजेन्सी एएफपीसँग तालिबानविरुद्ध झण्डै ९ हजार लडाकु तयार पारिएको बताएका छन् । तिनलाई तालिम दिने क्रम जारी रहेको उनले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘हामीसँग गाडी र हतियार पनि छन् ।’ उनले आफूले सरकार सञ्चालनका लागि नयाँ व्यवस्था चाहेको र यसका लागि वार्ता गर्न तयार रहेको पनि बताएका छन् । साथै आवश्यक परे युद्ध गर्नबाट पनि पछि नहट्ने चेतावनी उनले दिएका छन् । एजेन्सी

२०७८ भाद्र ७, सोमबार १९:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय